काठमाडौं। नेपाल स्टक एक्सचेन्जले आज एकै पटक ६ वटा ब्रोकरको कारोबारमा रोक लगाएको छ।
धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेन्जले ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष एण्ड ब्रोक्रेज एण्ड सेक्युरिटिज, ब्रोकर नं ५५ भृकुटी स्टक, ब्रोकर नं ४० क्रेटिभ सेक्युरिटिज, ब्रोकर नं २८ श्रीकृष्ण सेक्युरिटिज र ब्रोकर नं ४३ साउथ एशियन बुल्सलार्इ सस्पेन्ड गरेको हो।
पछिल्लो पटक संसोधन भएको धितोपत्र नियमावलीका अनुसार ब्रोकरले प्राप्त गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत बराबरको नियमन शुल्क नतिरेकाले कारोबारमा रोक लगाएको धितोपत्र बोर्डका सह प्रवक्ता निरञ्जन घिमिरेले बताए।
अर्को सूचना नआएसम्मकालागि कारोबारमा रोक लगाइएको समेत उनले बताए।