काठमाडौँ । सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले जितेको छ।
बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो।
बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन्।
यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो।
पत्रिकाले यो बर्ष १४९ मुलुकका बैंकलाई अवार्ड दिएको हो। हरेक देशका बाणिज्य बैंक मध्ये सर्वोत्कृष्ठ वित्तिय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेव साइटमा उल्लेख छ। ‘हरेक देशका बैंकले त्यहाँको नियामनकारी, प्रतिश्पर्धा र अन्य आर्थिक अवरोध झेलेर सफलताको खुड्किलो चढेका हुन्छन्, अवार्ड बारे पत्रिकाको वेव साइटमा भनिएको छ- उनीहरुमध्ये उत्कृष्ठले अवार्ड जितेका हुन्।’
पत्रिकाले १७ बर्ष देखि यस्तो अवार्ड वितरण गर्दै आएको हो।