काठमाडौं। बीस करोड लगानीमा बबरमहलमा बुटिक होटल बबरमहल भिलास संचालनमा आएको छ। बबरमहल रिभिजिटेडसँगै रहेको यो होटलमा मुस्ताङी,नेवारी र राणाकालिन डिजार्इनमा कोठा निर्माण गरिएको छ।
बबरमहल रिभिजिटेडकै अवधारणा अनुसार यो होटल निर्माण गरिएको छ। होटेलका लगानीकर्ता तथा डिजाईनर बरुण शम्शेर जबराले राजधानीमा अत्याधुनिक सुविधासहितको वुटिक होटल निर्माण गरिएको बताए।
'हामीले नेपाली सस्कृति झल्कियोस भनेर नेपाली उत्पादनको मात्रै प्रयोग गरेका छौँ। नेपाल घुम्न आएका पर्यटकले भिलासमा पुर्ण नेपालीपन पाउने छन्,उनले भने, 'रिभिजिटेडमा पनि नेपाली कला सस्कृति झल्कने ह्याण्डी क्राफ्ट, ज्वेलरी, कारपेन्टर लगायत विभिन्न नेपाली उत्पादनका स्टलहरु छन्।'
राणाले राजधानीमा राम्रा वुटिक होटलको अभाव देखेर होटलमा लगानी गरेको बताउँदै यो होटलले विदेशी पर्यटकलार्इ आकर्षित गर्ने दाबी गरे ।पर्यटकहरुले ठूला र अग्ला होटेल जहाँ गए पनि पाउँछन्, नेपालमा आउँदा उनीहरुको चाहना ठूलो र अग्लो होटेलमा भन्दा नेपाली कला र सस्कृति झल्किने होटेलमा बस्ने हुन्छ, उनले भने, त्यसैलाई ध्यान दिएर एउटै ठाउँमा मुस्ताङी, नेवारी र राणाकालिन डिजाईनका भवन र बेडरुम तयार पारिएका छन्।'

विदेशी पर्यटक लक्षित होटेलमा स्विमिङ पुल स्पा, साउना, जीम, मसाज, बार, रेष्टुरेण्ट लगायतका सुविधा छन्। १३ बेडरुममा मात्रै सञ्चालनमा आएको भिलासमा नर्मल, डिलक्स र स्विट रुम छन्। होटलले डेढ सयदेखि चार सय डलरसम्म रुम रेट राखेको छ। होटलका व्यवस्थापक गौरव पौडेलले सुविधासम्पन्न वुटिक होटल भएका कारण रुमको मूल्य डेढ सय डलरदेखि माथि राखिएको जानकारी दिए।
'नेपाल सस्तो पर्यटक मात्रै आउने भनेर चिनिन्छ तर हामीले स्तरीय सुविधा दिएर खर्च गर्ने पर्यटक भित्र्याउने लक्ष्य लिएका छौ, उनले भने,होटेलमा लाईब्रेरीको व्यवस्था गरेका छौ। लार्इब्रेरीमा नेपालका ऐतिहासिक कितावहरु, नेपाली कला र संस्कृ तिका नेपाली तथा अङ्ग्रेजी किताव राखिएका छन्।'नेपालको पर्यटन क्षेत्रमा नयाँपन दिने उद्येश्यले नेपालीपन देखिने गरी सम्पुर्ण डिजाईन तयार पारेको राणाले बताए।