रासायनिक मलका लागि बढ्यो बजेट, सरकारद्वारा २८ अर्ब ८२ करोड विनियोजन

बिजमाण्डू
२०८२ जेठ १५ गते १५:४१ | May 29, 2025
रासायनिक मलका लागि बढ्यो बजेट, सरकारद्वारा २८ अर्ब ८२ करोड विनियोजन


काठमाडौं। आगामी वर्ष २०८२/८३ रासायनिक मलको बजेट बढाएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलको लागि २८ अर्ब रुपैयाँ ८२ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

Tata
GBIME

चालु आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि अनुदान रकम २७ अर्ब ९५ करोड विनियोजन गरेको थियो। किसानलाई खेतीका लागि चाहिएका बेला मल उपलब्ध हुने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए।

यसअघि गत आवमा सरकारले रासायनिक मलमा ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।