BIZMANDU
www.bizmandu.com

रासायनिक मलका लागि बढ्यो बजेट, सरकारद्वारा २८ अर्ब ८२ करोड विनियोजन

२०८२ जेठ १५

रासायनिक मलका लागि बढ्यो बजेट, सरकारद्वारा २८ अर्ब ८२ करोड विनियोजन
मल छर्दै किसान कञ्चनपुर, १२ पुसः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान गहुँ खेतीमा रासायनिक मल युरिया छर्दै । गहुँ छरेको २० देखि २२ दिनको अवधिमा खेतमा सिचाँइ गरेपछि किसानले युरिया छर्ने गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

काठमाडौं। आगामी वर्ष २०८२/८३ रासायनिक मलको बजेट बढाएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलको लागि २८ अर्ब रुपैयाँ ८२ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि अनुदान रकम २७ अर्ब ९५ करोड विनियोजन गरेको थियो। किसानलाई खेतीका लागि चाहिएका बेला मल उपलब्ध हुने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए।

यसअघि गत आवमा सरकारले रासायनिक मलमा ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।