
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेल बजेट अर्थ मन्त्रालयबाट बाहिरिएका छन्। उनी आगामी आर्थिक वर्षको बजेट वक्तव्यसहित मन्त्रालयबाट बाहिरिएका हुन्।


बजेट केहीबेरमा मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरिंदैछ। मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि अपराह्न ३ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तालिका छ।
