
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। जसअनुसार पेट्रोलको बिक्री मूल्यमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ घटेको छ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक रुपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस