BIZMANDU
www.bizmandu.com

पेट्रोलको भाउ दुई रुपैयाँले घट्यो, आयल निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य कति घटायो?

२०८२ बैशाख १८

पेट्रोलको भाउ दुई रुपैयाँले घट्यो, आयल निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य कति घटायो?
पेट्रोलको भाउ दुई रुपैयाँले घट्यो, आयल निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य कति घटायो?


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Tata
GBIME
NLIC

निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। जसअनुसार पेट्रोलको बिक्री मूल्यमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ घटेको छ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक रुपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस