
काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा ५ सय र चाँदी २५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुन तोलामा ४ सय रुपैयाँ बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य घटेर आइतबार प्रति तोला १ हजार ७९० रुपैयाँ कायम छ। शुक्रबार चाँदी १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ८१५ रुपैयाँ कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्ने बढ्ने भइरहेको छ। गत साता बढ्न थालेको सुनचाँदीको मूल्य यो साता घटेको छ
आइतबार सुन प्रति औंस २६२२.१८ डलर छ। शुक्रबार सुन प्रति औंस २६३३.६१ डलर थियो। चाँदीको मूल्य प्रति औंस २९.३६ डलरमा कारोबार भइरहेको छ।