
काठमाडौं। दुई वर्ष अघिसम्म यति एयरलाइन्स यति समूहको होल्डिङमा थियो। पर्यटन क्षेत्रबाट आर्जित कमाइ ‘एभिएसन’ क्षेत्रमा लगाएर सो समूहले यति एयरलाइन्सलाई हाँकिरहेको थियो।
एभिएसन बिजनेसलाई आक्रामक रुपमा अगाडि बढाउने उद्देश्यसहित यतिको ४९ प्रतिशत सेयर एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गरियो। एसियन लाइफको लगानीसँगै भित्रिए चार्टर्ड एकाउन्टेन्ट सुवास सापकोटा।
फिनटेक कम्पनी इसेवामा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका सापकोटा एभिएसन कम्पनीको कमाण्ड सम्हाल्न आइपुगे।
एउटा ‘क्यास बिजनेस’ गर्ने वालेट कम्पनी इसेवाबाट ‘क्यास बर्निङ बिजनेस’ सम्हाल्न आएका सापकोटाले यतिमा ठूलै ट्रान्सफर्मेसन गरेका छन्। उनले परम्परागत समूहले चलाएको यतिलाई अटोमोडमा चलाउन खोजिरहेका छन्। उनी आएपछि यतिको व्यापारले पनि छलाङ मारेको छ।
सन् २०२४ मा यति एयरलाइन्सको व्यापार ३२.५८ प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीपछि आन्तरिक हवाइ सेवा क्षेत्र ‘बाउन्स ब्याक’ भएको बताउने उनी यतिले आफ्नो क्षमता अनुसार सेवा प्रदान गरिरहेको बताउँछन्।
विगतबाट पाठ लिएर अघि बढ्नु पर्ने उनको मत छ। ‘नयाँ परिवर्तन चाहिने भए काम गर्ने तयारीमा बद्लाव पनि गर्नुपर्छ,’ उनी भन्छन्।
जनशक्तिलाई दक्ष बनाउने देखि कम्पनीमा निर्णय लिन सक्ने क्षमता विकासमा आफूले जोड दिइरहेको उनी बताउँछन्।
‘कम्पनी अटो पाइलट मोडमा चलाउन सबै विभागीय प्रमुख इम्पावर, क्यापेबल हुनु पर्यो। आफै निर्णय लिन सक्ने क्षमता विकासमा जोड दिनुपर्छ,’ उनले हाल यतिमा गरिरहेको कामबारे भने।
यिनी सन्दर्भहरुमा यति एयरलाइन्सका सीइओ सापकोटासँग बिजमाण्डूका विज्ञान अधिकारीले गरेको कुराकानी :