BIZMANDU
www.bizmandu.com

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? 

२०८१ पुष १४

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? 
साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? 


काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा ५ सय र चाँदी २५ रुपैयाँ घटेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन तोलामा ४ सय रुपैयाँ बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य घटेर आइतबार प्रति तोला १ हजार ७९० रुपैयाँ कायम छ। शुक्रबार चाँदी १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ८१५ रुपैयाँ कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्ने बढ्ने भइरहेको छ। गत साता बढ्न थालेको सुनचाँदीको मूल्य यो साता घटेको छ

आइतबार सुन प्रति औंस २६२२.१८ डलर छ। शुक्रबार सुन प्रति औंस २६३३.६१ डलर थियो। चाँदीको मूल्य प्रति औंस २९.३६ डलरमा कारोबार भइरहेको छ।