देउवाको बालकोट यात्राले तरंगित राजनीति : ओली र प्रचण्डबीच वार्ता जारी, रविले भेटे वर्षमान

बिजमाण्डू
२०८१ असार १६ गते १२:५१ | Jun 30, 2024
देउवाको बालकोट यात्राले तरंगित राजनीति : ओली र प्रचण्डबीच वार्ता जारी, रविले भेटे वर्षमान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न शनिबार बालकोट पुगेपछि राजनीतिक गतिविधि तीव्र गतिमा बढेको छ।

Tata
GBIME

सत्तासमीकरण नै परिवर्तन हुन सक्ने आंकलन चलिरहँदा आज बिहान ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेछ भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले ओली र प्रचण्डबीच एक घण्टादेखि वार्ता जारी रहेको जानकारी दिए। दुई नेताबीच समसायिक राजनीतिक घटनाक्रमबारे चर्चा भइरहेको छ।

शनिबार देउवाले बालकोटमा निकै समय बिताएपछि प्रचण्डले एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेटलाई तीव्रता दिएका छन्।

यसैबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनबीच भेट आज भेट भएको छ। उनीहरुबीच पनि देउवाको बालकोट यात्रा र त्यसपछि देखिएको राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।