आयातित सामानको परिमाण कम देखाएर राजस्व छल्न खोज्नेबाट ५८ करोड जरिवाना असुल

बिजमाण्डू
२०८१ असार ७ गते ०९:०७ | Jun 21, 2024
आयातित सामानको परिमाण कम देखाएर राजस्व छल्न खोज्नेबाट ५८ करोड जरिवाना असुल
File Photo

काठमाडौं । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवास्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ।

Tata
GBIME

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा व्यापारीहरुबाट उक्त रकम असुल गरिएको हो।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ।

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा १६५ प्रतिशतले वृद्वि भएको उनले बताए। जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ।