लक्ष्मी ग्रुपले घटायो एक्स थ्री प्रोको मूल्य, नयाँ मूल्य ४६ लाख ९६ हजार रुपैयाँ

बिजमाण्डू
२०८१ असार १३ गते १२:१७ | Jun 27, 2024
लक्ष्मी ग्रुपले घटायो एक्स थ्री प्रोको मूल्य, नयाँ मूल्य ४६ लाख ९६ हजार रुपैयाँ

काठमाडौं। गोल्छा अर्गनाइजेसनका कारण लक्ष्मी ग्रुप चिनियाँ गाडी काइवी ब्रान्डको एक्स थ्री प्रोको मूल्य घटाउन बाध्य भएको छ।

Tata
GBIME

ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटी प्रालिले एक्स थ्री प्रोको मूल्य ४६ लाख ९६ हजार र फ्लागसिप मोडलको मूल्य ४८ लाख ९६ हजार रुपैयाँमा झारेको छ। कम्पनीले यसअघि एक्स थ्री प्रोको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकेको थियो।

कम्पनीले बिहीबारदेखि मूल्य घटाएर गाडीको बुकिङ खुलाएको छ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको जिओ अटोमोबाइल्सले एक्स थ्री प्रोको मूल्य ४६ लाख ९९ हजार र फ्लागसिप मोडलको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोके छ। जसकारण लक्ष्मी इमोबिलिटी प्रालिले पनि मूल्य घटाएको हो।