बझाङ ‘क’को प्रदेश सभा सदस्यमा एमालेका भण्डारी निर्वाचित

बिजमाण्डू
२०८१ बैशाख १७ गते १३:५८ | Apr 29, 2024
बझाङ ‘क’को प्रदेश सभा सदस्यमा एमालेका भण्डारी निर्वाचित

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभा बझाङ प्रदेश सभा(१) मा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन्। उनी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत ल्याएका हुन्।

Tata
GBIME
Nepal Life

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि यहाँ शनिबार उपनिर्वाचन भएको हो। कांग्रेसले पृथ्वीबहादुरका छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो।