सोकोन इसी-३६ विद्युतीय भ्यान नेपाली बजारमा आउँदै, मूल्य ४५ लाख ५० हजार

बिजमाण्डू
२०८१ जेठ २ गते ०९:५८ | May 15, 2024
सोकोन इसी-३६ विद्युतीय भ्यान नेपाली बजारमा आउँदै,  मूल्य ४५ लाख ५० हजार


काठमाडौं। मोरङ अटो वर्क्स(एमएडब्लु) अन्तर्गतको एमएडब्लु वृद्धि अटोकर्पले सोकोन इसी-३६ विद्युतीय भ्यान नेपाली बजारमा ल्याउने भएको छ। उक्त गाडीको मूल्य ४५ लाख ५० हजार तोकिएको छ।

Tata
GBIME
NLIC

कम्पनीले उक्त इभी भ्यानको अधिकतम खुद्रा मूल्य (एमआरपी) बुधबार प्रकाशित गरेको हो। उक्त गाडी ११ सिटर क्षमताको हो। केही दिनभित्रै नेपाली बजारमा उक्त गाडी बिक्री सुरु गर्ने कम्पनीले जनाएको छ।

यसमा सीएटीएलको ४२ किलोवाट आवर(युनिट) क्षमताको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ। यसमा ६० किलोवाट पावरको मोटर प्रदान गरिएको छ। उक्त मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ। यस्तै यसमा भएको ब्याट्री एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्दछ।

यो गाडी अहिले ह्वाइट र सिल्भर कलरमा उपलब्ध छ।