चीन र कोरियाबाट लगानी भित्र्याउन निजी क्षेत्रले सहजीकरण गर्ने, दुईवटा कम्पनीसँग भयो समझदारी

बिजमाण्डू
२०८१ बैशाख १७ गते १३:४३ | Apr 29, 2024
चीन र कोरियाबाट लगानी भित्र्याउन निजी क्षेत्रले सहजीकरण गर्ने, दुईवटा कम्पनीसँग भयो समझदारी

काठमाडौं । दक्षिण कोरियाली र चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र दक्षिण कोरियाको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच लगानी भित्र्याउनेबारे समझदारी भएको हो।

यस्तै, नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चीनको चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच पनि समझदारी भएको छ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ। एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ।