सार्वजनिक-निजी साझेदारी प्रवर्धन गर्न वाप र नापबीच सम्झदारी, जलविद्युत् र ऊर्जामा रुपान्तरण

बिजमाण्डू
२०८१ बैशाख १७ गते ११:२७ | Apr 29, 2024
सार्वजनिक-निजी साझेदारी प्रवर्धन गर्न वाप र नापबीच सम्झदारी, जलविद्युत् र ऊर्जामा रुपान्तरण

काठमाडौं । नेपालमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) प्रवर्धनका लागि वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप) बीच समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंमा जारी लगानी सम्मेलनका क्रममा वापको तर्फबाट अध्यक्ष जियाद अलेक्स्यान्डर हायक र नापको तर्फबाट अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्नेछन्। सार्वजनिक-निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान पनि दुवै संस्थाबीच हुनेछ।

नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय अभ्यासको प्रवर्धनका लागि सहकार्य गर्ने सहमति भएको छ। यस्तै, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्ने तथा सुंयक्त प्रकाशनहरू तयार गर्ने सहमति पनि भएको छ।

यो सहकार्यले नेपालमा पीपीपी सम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पीपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुप कुमार उपाध्यायको विश्वास छ।

‘यो समझदारीले पीपीपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यवहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ,’ उपाध्यायले भने।

वापका अध्यक्ष जियाद अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको बताए। खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीपीले रूपान्तरण ल्याएको उनको भनाइ थियो।

‘नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको छ,’ उनले भने।

स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पीपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो। त्यस्तै, नाप नेपालका पीपीपी अभ्यासकर्ताहरूको संस्था हो।