लगानी सम्मेलनमा सभापति देउवा : वैदेशिक लगानीलाई विभेदकारी आँखाले हेर्न हुँदैन

बिजमाण्डू
२०८१ बैशाख १६ गते १२:१२ | Apr 28, 2024
लगानी सम्मेलनमा सभापति देउवा : वैदेशिक लगानीलाई विभेदकारी आँखाले हेर्न हुँदैन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०४६ मा आफ्नै पार्टीको नेतृत्वको सरकारले आर्थिक सुधार सुरु गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

आइतबार लगानी सम्मेलनमा सम्बोधन गर्दै देउवाले वैदेशिक लगानीमैत्री वातावरण निर्माणमा कांग्रेसले गरेको सुधारको फेहरिस्त व्यक्त गरे।

नेपाललाई लगानीको गन्तव्य निर्माण गर्ने क्रममा आफूले सरकारको नेतृत्व गर्दा प्राथमिकता दिएको उल्लेख गर्दै देउवाले वैदेशिक लगानीका प्रस्तावलाई सबै दल मिलेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। आफ्नो प्रधानमन्त्रीकालमा सुरु गरिएका आर्थिक सुधारका प्रयासलाई वर्तमान सरकारले पूरा गर्ने अपेक्षासहित देउवाले पर्यटन र जलविद्युत क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताए।

खुला अर्थतन्त्रलाई आफ्नो पार्टीले मूल मन्त्र बनाएको उल्लेख गर्दै उनले भारत र चीनबाट नेपालले लाभ लिन ढिला गर्न नहुने विचार व्यक्त गरे। लगानीको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने भन्दै देउवाले वैदेशिक लगानीलाई विभेदकारी आँखाले हेर्न नहुने बताए।

नेपालमा विदेशी लगानीसहित खुलेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा कमाएको उल्लेख गर्दै अरुलाई पनि लगानीका लागि उनले आह्‍वान गरेका छन्। विदेशी लगानीलाई उच्च मूल्यांकन गर्ने भन्दै उनले सबैको साझा प्रयासबाट नेपाललाई समृद्ध बनाउने भनाइ राखे।