हिमालयन सेक्युरिटिजले थाल्यो व्यावसायिक कारोबार, मार्जिन कारोबार पनि गर्ने

बिजमाण्डू
२०८१ बैशाख १६ गते ११:२९ | Apr 28, 2024
हिमालयन सेक्युरिटिजले थाल्यो व्यावसायिक कारोबार,  मार्जिन कारोबार पनि गर्ने

काठमाडौं। हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको ८ महिनापछि कम्पनीले व्यावसायिक कारोबार सुरु गरेको हो।

सेबोनबाट २०८० भदौ ६ गते स्वीकृति प्राप्त गरेको हिमालयन सेक्युरिटिजले माघ ३ मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो।

ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले जनाएको छ। निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन कारोबार गर्ने कम्पनीले जनाएको छ।

धितोपत्र कारोबारसहित अन्य विशिष्टिकृत सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य छ।

धितोपत्र दलालका रुपमा ग्राहक‍लाई उच्चस्तरीय ब्रोकरेज तथा सम्बद्ध सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ।