इजरायलको आक्रमण जारी रहँदा साउदीमा विश्व अर्थतन्त्र र गाजाबारे शिखर सम्मेलन हुँदै

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०८:५० | Apr 28, 2024
इजरायलको आक्रमण जारी रहँदा साउदीमा विश्व अर्थतन्त्र र गाजाबारे शिखर सम्मेलन हुँदै

काठमाडौं । साउदी अरेबियामा आजदेखि आर्थिक शिखर सम्मेलन हुने भएको छ। गाजामा इजारयलको जारी आक्रमण र त्यसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे सम्मेलनमा छलफल हुनेछ।

Tata
GBIME
Nepal Life

दुई दिने चल्ने सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने तय भएको छ।

यस्तै, फ्रान्स, जर्मनी, बेलायत र युरोपेली संघका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्री पनि सो कार्यक्रममा सहभागी हुनेछन्।

सम्मेलनमा अमेरिकाका विदेशी मन्त्री एन्टोनी ब्लिन्केन पनि आउने बताइएको छ। तर, उनको आगमन तय भइसकेको छैन।

विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) को अगुवाईमा यो सम्मेलन भइरहेको हो। सो मञ्चका अध्यक्ष बोर्गे ब्रेन्डेले सम्मेलनमा गाजामा विद्यमान गतिरोधबाट बाहिर निस्कने सम्भावित उपायबारे सम्मेलनमा छलफल हुने बताए। साथै इरानको बारे पनि छलफल हुनेछ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। त्यसपछि गाजामा इजरायलले हमासलाई लक्षित गरेर आक्रमण गरिरहेको भने पनि त्यहाँ सर्वसाधारण मारिएका छन्। इजरायलको आक्रमणबाट ३४ हजार ३५६ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। जसमा हजारौं महिला र बालबालिका छन्।