नेपालमै चार पाङ्ग्रे गाडी उत्पादन हुने, ९ महिनामा १५३ युनिट अनएसेम्बल्ड गाडी आयात

बिजमाण्डू
२०८१ बैशाख ९ गते १३:२९ | Apr 21, 2024
नेपालमै चार पाङ्ग्रे गाडी उत्पादन हुने, ९ महिनामा १५३ युनिट अनएसेम्बल्ड गाडी आयात
File Photo

काठमाडौं । चारपाङ्ग्रे गाडीको एसेम्बल न‍ेपालमै सुरु हुने भएको छ। गाडी बिक्रेता कम्पनीहरुले अनएसेम्बल्ड गाडी ल्याएर यहाँ एसेम्बल गर्ने तयारी थालेका हुन्।

Tata
GBIME
Nepal Life

नेपालमा यसअघि दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको मात्र एसेम्बल प्लान्ट संचालन भइरहेको थियो।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा गाडी बिक्रेता कम्पनीहरुले ६ करोड ३४ लाख रुपैयाँ बराबरको १५३ युनिट अनएसेम्बल्ड गाडीहरु आयात गरेका छन्। भारत, दक्षिण कोरिया, जापन, जर्मनी र अमेरिकाबाट अनएसेम्बल्ड गाडीहरु आयात भएको देखिन्छ।

चालु आर्थिक वर्षको ९ महिनामा ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ७ हजार ५२३ युनिट इन्धन गाडी आयात भएका छन्। सरकारले यसबाट १४ अर्ब ३७ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

हाल हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले मात्रै एसेम्बल प्लान्ट निर्माण गरेर संचालनमा ल्याउन लागेको हो। यसका लागि कम्पनीको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। आगामी बजेटपछि मात्रै कम्पनीले उक्त एसेम्बल प्लान्ट संचालनमा ल्याउने योजना बनाएको छ।

सुजुकीले पनि एसेम्बल प्लान्ट निर्माण गर्न धेरै वर्ष पहिले नै को लागि उद्योग दर्ता गरेको थियो। तर, कम्पनीको प्लान्टको निर्माणको हालसम्म कुनै टुंगो लागेको छैन।

एसेम्बल उद्योगलाई प्रवर्धन गर्न सरकारले १५ वर्षसम्मको दीर्घकालिन सहुलियत योजनाको प्याकेज बजेटमार्फत सम्बोधन गर्नुपर्ने अटो व्यवसायीहरुको माग छ। त्यसैले आगामी बजेटमा हुने व्यवस्था बारे व्यवसायीहरुमा चासो छ।