सगरमाथा आरोहणलाई ३ सय ५२ आरोहीले लिए अनुमति, संख्या अझ बढ्ने अनुमान

बिजमाण्डू
२०८१ बैशाख ८ गते ०६:३२ | Apr 20, 2024
सगरमाथा आरोहणलाई ३ सय ५२ आरोहीले लिए अनुमति, संख्या अझ बढ्ने अनुमान

काठमाडौं। यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले अनुमति लिएका छन्।

Tata
GBIME
Nepal Life

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए। यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास उनले व्यक्त गरे।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार १ सय ८१ रुपैयाँ राजस्व संकलन भएको छ।