आइपीओ बेच्ने तयारीमा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले ६ महिनामा गर्‍यो १.८० अर्बको व्यापार

बिजमाण्डू
२०८१ बैशाख ७ गते १७:४२ | Apr 19, 2024
आइपीओ बेच्ने तयारीमा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले ६ महिनामा गर्‍यो १.८० अर्बको व्यापार

काठमाडौं। आइपीओ बेच्ने तयारीमा रहेको आरएमसी समूहको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सन् २०२३/२४ को ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले सन् २०२२/२३ मा ४ अर्ब १२ करोड रुपैयाँको व्यापार गरेको थियो। त्यसमध्ये सिमेन्ट र क्लिंकर निर्यातबाट कम्पनीले २२ प्रतिशत आम्दानी गरेको छ।

सन् २०२१/२२ मा कम्पनीले ३ अर्ब ८१ करोड रुपैयाँको कारोबार गरेको थियो। उसले २०२०/२१ मा ४ अर्ब ४४ करोड र २०१९/२० मा ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो।

भर्टिकल रोलिङ मिल (भीआरएम) प्रविधिमा आधारित पाल्पा सिमेन्टसँग क्लिंकर तथा सिमेन्ट गरी वार्षिक कुल १३ लाख २० हजार टन उत्पादन क्षमता छ।