कुनै पनि उम्मेदवार सिफारिसमा नपरेपछि साझा यातायातको सीइओ नियुक्ति प्रक्रिया रद्द

बिजमाण्डू
२०८१ बैशाख ७ गते ११:४९ | Apr 19, 2024
कुनै पनि उम्मेदवार सिफारिसमा नपरेपछि साझा यातायातको सीइओ नियुक्ति प्रक्रिया रद्द

काठमाडौं। पदपूर्ति समितिबाट कुनै पनि उम्मेदवार सिफारिस नभएपछि साझा यातायातले प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रद्द गरेको छ।

Tata
GBIME
Nepal Life

साझा यातायात सहकारी संस्थाले रिक्त सीइओ पदमा नियुक्तिका लागि दुईपटक मंसिर २५ र माघ १७ गते आवेदन माग गरेको थियो।

साझाले मंसिर २५ गते आह्‍वान गरेको प्रक्रियामा कुनै पनि आवेदन नपरेपछि माघ १७ गते दोस्रो पटक पदपूर्तिको सूचना निकालेको थियो।