बलिङमा बुमराह र ब्याटिङमा सूर्यकुमार चल्दा पञ्जाबमाथि मुम्बईको जित

बिजमाण्डू
२०८१ बैशाख ७ गते ०६:३५ | Apr 19, 2024
बलिङमा बुमराह र ब्याटिङमा सूर्यकुमार चल्दा पञ्जाबमाथि मुम्बईको जित
पञ्जावविरुद्ध मुम्बईको बलिङ। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गएरात सम्पन्न खेलमा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई हराएको छ। पञ्जावको मोहालीमा सम्पन्न खेलमा मुम्बई इण्डियन्सले घरेलु टोलीलाई ९ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाव १९.१ ओभरमा १८३ रनमा अलआउट भयो।

सुरुवाती ब्याटिङ गरेको मुम्बईलाई सूर्यकुमार यादवले सर्वाधिक ७८ रनको योगदान दिए। त्यस्तै रोहित शर्माले ३६ रन बनाउँदा तिलक वर्मा ३४ रनमा अविजित रहे।

बलिङतर्फ पञ्जावका हर्षल पटेलले ३, साम करनले २ तथा कागिसो रबाडाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जावलाई मुम्बईका बलरले कसिलो बलिङगर्दै लक्ष्यसम्म पुग्न दिएनन्। पञ्जावका लागि आशुतोष शर्माले सर्वाधिक ६१ रन बनाउँदा शशाङ्क सिंहले ४१ तथा हरप्रीत ब्ररले २१ रन बनाए। त्यसअघि शीर्षक्रममा चार ब्याटर आउट हुँदा १४-४ को अवस्थामा रहेको पञ्जावका मध्यक्रमका ब्याटरमाथि दवाब थपिएको थियो।

बलिङतर्फ मुम्बईका जसप्रीत बुमराह र गेराल्ड कोएटजीले समान ३ विकेट लिँदा आकाश माधवल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले समान १ विकेट लिए।

जितसँगै ७ खेलबाट ६ अंक जोड्दै मुम्बई तालिकाको सातौँ स्थानमा छ। त्यस्तै समान खेलबाट ४ अंक जोडेको पञ्जाव तालिकाको नवौँ स्थानमा छ।

आईपीएलमा आज साँझ पौने ८ बजे लखनउ सुपर जायन्ट र चेन्नइ सुपर किंग्स भिड्दैछन्।