पाँचौं पटकको सिफारिसमा सचिव बने शर्मा, अधिकारी उप-महालेखा परीक्षकमा बढुवा

बिजमाण्डू
२०८१ बैशाख ६ गते १९:१३ | Apr 18, 2024
पाँचौं पटकको सिफारिसमा सचिव बने शर्मा, अधिकारी उप-महालेखा परीक्षकमा बढुवा
मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर

काठमाडौं। सरकारले सहसचिव केदारनाथ शर्मा र नायब महालेखापरीक्षक बैकुण्ठ बहादुर अधिकारीलाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ।

Tata
GBIME
Nepal Life

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मा र अधिकारीको बढुवा गरेको हो। शर्मा कोशी प्रदेशमा कामु सचिवका रुपमा कार्यरत थिए। उनी यसअघि बढुवाका लागि चार पटक सिफारिस भएपनि सचिव हुन सकेका थिएनन्।

यसपालि सचिवमा बढुवाका लागि शर्मा र उप- महालेखा परीक्षकमा बढुवाका लागि अधिकारीको मात्र नाम सिफारिस भएको थियो।

बैठकले सहसचिव गोविन्द बहादुर कार्कीलाई कामु सचिवका रुपमा बागमती प्रदेशमा खटाउने तथा राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको। सरकारले आयोगको सिफारिसमा खरेललाई सचिव बनाएको हो।