नेकपा एकीकृत समाजवादीका सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

बिजमाण्डू
२०८१ बैशाख ६ गते १७:४३ | Apr 18, 2024
नेकपा एकीकृत समाजवादीका सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
दीर्घ सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

Tata
GBIME
Nepal Life

माओवादी केन्द्रका १०, एमालेका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारीले बिहिबार अपराह्‍न मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ।

दुई दिनका लागि दिएको समयमा सोडारीको मात्र एकल दाबेदारी परेकोले सं‌विधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।