सुजुकी स्वीफ्टको नेक्स्ट जेनेरेसन मोडल आउदै, पहिलेको तुलनामा थपिए फरक फिचरहरू

बिजमाण्डू
२०८१ बैशाख ३ गते ०९:१२ | Apr 15, 2024
सुजुकी स्वीफ्टको नेक्स्ट जेनेरेसन मोडल आउदै, पहिलेको तुलनामा थपिए फरक फिचरहरू

काठमाडौं। मारुती सुजुकी स्वीफ्टको नेक्स्ट जेनेरेसन नयाँ मोडल आउने भएको छ। कम्पनीले यसलाई यही महिना भारतमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो गाडी जापन र युरोपका बजारमा भने आइसकेको छ।

Tata
GBIME
Nepal Life

यसमा पहिलेको मोडलमा भन्दा ठूलो टच स्क्रिन आउछ भने ६ वटा एयरब्याग पनि हुनेछ। यसको इन्टेरियर नयाँ बलेनो, फ्रन्क्स र ब्रेजामा जस्तै छ। ग्लोबल मोडलको नेक्स्ट जेनेरेसन स्वीफ्टमा एलईडी हेडलाइट, टेलगेट, एलईडी डीआरएल, १६ इन्चको एलोय ह्वील, अटोम्याटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकल एडजष्टेबल र फोल्डेबल वीङ मिरर, अटो हेडल्याम्प, ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले जस्ता धेरै फिचरहरु यसमा छन्।

यस्तै, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटर, एबीएसका साथै ईबीडी र ब्रेक असिस्ट, हिल होल्ड कन्ट्रोल, एडास सिस्टममा लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटर, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङलगायत अन्य धेरै सेफ्टीका फिचरहरू यसमा थपिएका छन्।

यो मोडल अहिले भइरहेको पुरानोभन्दा १५ एमएम लामो, ४० एमएम सानो र ३० एमएम अग्लो रहेको छ। तर ह्वीलबेस भने पुरानो मोडलमा भएकै २ हजार ४५० एमएम नै रहेको छ।