राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, माग्यो आवेदन

बिजमाण्डू
२०८१ बैशाख २ गते १६:५१ | Apr 14, 2024
राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, माग्यो आवेदन

काठमाडौं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ। बैंकले उक्त रकम क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा ६ महिनाका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो।

Tata
GBIME
Nepal Life

वैशाख ११ देखि कात्तिक १० गतेसम्म १८७ दिने मुद्दती निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थासँग केन्द्रीय बैंकले आवेदन मागेको छ। यसका लागि वैशाख ४ गते अपराह्न ५ बजेसम्मको समय दिइएको छ। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ।

४ अर्ब ३० करोडमध्ये ३ अर्ब ४४ करोड वाणिज्य बैंक, ६४ करोड ५० लाख विकास बैंक र २१ करोड ५० लाख फाइनान्स कम्पनीमा राख्ने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप राख्न चाहने संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्नेछ। यस्तै तोकिएको न्यूनतम् पुँजी कोष अनुपात कायम गरेको र खराब कर्जा ५ प्रतिशत नकटेको हुनुपर्ने बैंकले जनाएको छ।