कांग्रेस र राप्रपाको अवरोधले संसद् बैठक स्थगित, अधिवेशन बोलाएपछि मात्रै अर्को बैठक बस्ने

बिजमाण्डू
२०८१ बैशाख २ गते १२:३८ | Apr 14, 2024
कांग्रेस र राप्रपाको अवरोधले संसद् बैठक स्थगित, अधिवेशन बोलाएपछि मात्रै अर्को बैठक बस्ने

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आइतवार रातिदेखि अधिवेशन अन्त्य हुने घोषणा गरेका थिए।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउना साथ कांग्रेस र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए।

गृहमन्त्री रवि लामिछाने सहकारीको पैसा हिनामिनामा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेर संसद अवरुद्ध गर्दै आएको छ।

कांग्रेसको मागलाई पछिल्लो समय राप्रपाले पनि साथ दिएको छ।

आजको बैठक विपक्षीले अवरोध गरेपछि सभामुख घिमिरेले ध्याकर्षण गराएका थिए। उनले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति पालना नभएको बताएका थिए।

अब अर्को अधिवेशन बोलाइएपछि मात्रै संसदको अर्को बैठक बस्नेछ।