टिकटकको निर्माता बाइटडान्सको नाफा ६० प्रतिशतले बढ्यो, दुई खर्ब २५ अर्ब डलर कम्पनी

बिजमाण्डू
२०८० चैत्र २९ गते १३:०८ | Apr 11, 2024
टिकटकको निर्माता बाइटडान्सको नाफा ६० प्रतिशतले बढ्यो, दुई खर्ब २५ अर्ब डलर कम्पनी
Photo : Gulfnews

टिकटकको चिनियाँ पेरेन्ट कम्पनी बाइटडान्सको नाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ। ब्लुमबर्गका अनुसार अलिबाबा र टेनसेन्ट लगायतका प्रविधि क्षेत्रका प्रतिस्पर्धीलाई पछि पार्दै बाइटडान्सले उच्च नाफा कमाएको हो।

Tata
GBIME
Nepal Life

हाल बाइटडान्स विश्वकै ठूलो प्रविधि कम्पनी मध्ये एक हो। विश्वभर टिकटकको फैलिँदो अवस्थाले बाइटडान्सलाई फाइदा पुगेको हो। मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सका अनुसार बाइटडान्सको कूल नेटवर्थ हाल करिब दुई खर्ब २५ अर्ब डलरको छ।         ‘

ब्लुमबर्गका अनुसार कम्पनीको आम्दानी सन् २०२२ मा करिब २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा बढी पुगेको तियो। बिक्री दर पनि ८० अर्ब डलरबाट बढेर करिब एक खर्ब २० अर्ब डलर भएको रिपोर्टमा उल्लेख छ।

बाइटडान्सले राजस्व र आम्दानी दुवैको आधारमा प्रतिस्पर्धी कम्पनी टेनसेन्टलाई पहिलोपटक उछिनेको रिपोर्टमा उल्लेख छ।

बाइटडान्सले सन् सन् २०१७ मा टिकटक ‘लन्च’ गरेको थियो। एप लन्च भएको चार वर्षमै यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको थियो।