सुनको कारोबार मूल्यमा झिनो गिरावट, चाँदी तोलाको १ हजार ७ सय रुपैयाँमा स्थिर

बिजमाण्डू
२०८० चैत्र २९ गते ११:४५ | Apr 11, 2024
सुनको कारोबार मूल्यमा झिनो गिरावट, चाँदी तोलाको १ हजार ७ सय रुपैयाँमा स्थिर

काठमाडौं। लगातार उच्च भएको सुनको भाउमा बिहीबार झिनो गिरावट छ। अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ घट्दा प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनका तुलनामा तोलामा ५ सय रुपैयाँ बढेर बुधबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ भएको थियो। सोमबारका तुलनामा एक सय रुपैयाँको झिनो बढोत्तरीपछि मंगलबार १ लाख ३६ हजार ३ सय रुपैयाँ भएको थियो।

चालु महिना मात्रै सुन तोलामा १० हजार ८ रुपैयाँ बढेको छ। चैत १ मा सुन प्रति तोला १ लाख २५ हजार ८ सय रुपैयाँ थियो। गत वैशाख ३ गते सुन तोलाको १ लाख १० हजार रुपैयाँ थियो।

चाँदी बिहीबार तोलाको १ हजार ७ सय रुपैयाँमा स्थिर छ। सोमबार र मंगलबार तोलाको १६ सय ८५ रुपैयाँ रहेको कारोबार मूल्य बुधबार १५ रुपैयाँ बढ्दा उक्त मूल्यमा आइपुगेको हो। आइतबारका तुलनामा सोमबार १५ रुपैयाँ बढेको थियो। आइतबार तोलाको १६ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनचाँदी अघिल्लो दिनका तुलनामा केही घटेको छ। सुन प्रति औंस २३३९.७३ डलरले कारोबार भइरहेको छ। मंगलबार  २३४३.४१ र बुधबार २३५८.९९ डलर थियो।  

चाँदी प्रति औंस २७.९२ डलर छ। बुधबार प्रति औंस २८.२७ डलर पुगेको थियो। सोमबार र मंगलबार २७.७७ डलरले कारोबार भएको थियो।