बतास एमएडब्लू कमर्सियल भेहिकलले दीप यातायातलाई हस्तान्तरण गर्‍यो ६ वटा बस

बिजमाण्डू
२०८० चैत्र २६ गते १५:१५ | Apr 8, 2024
बतास एमएडब्लू कमर्सियल भेहिकलले दीप यातायातलाई हस्तान्तरण गर्‍यो ६ वटा बस
दीप यातायातका सञ्चालकलाई बसको साँचो हस्तान्तरण गर्दै बतास एमएडब्लू कमर्सियल भेहिकलका प्रतिनिधि

काठमाडौं। आइचर गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल्सले दीप यातायातलाई ६ वटा बस हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले ६ वटा आइचर बस झापाको दीप यातायातलाई बिक्री गरी साँचो हस्तान्तरण गरेको हो। बतास एमएडब्लू कमर्सियल भेहिकल्स प्रालिका प्रबन्ध निर्देशक शान्तराज बतासले दीप प्रालिका अध्यक्ष कपिलकुमार थापा र प्रबन्ध निर्देशक बसन्त कुमार तिवारीलाई बसको साँचो प्रदान गरे।

४० सिटे आइचर बस व्यवसायीहरुको प्रमुख रोजाइ भएको कम्पनीको दाबी छ। किफायती इन्जिन, बलियो बडी र सुधारिएको सस्पेन्सनले सुसज्जित बस चुनौतीपूर्ण सडकमा पनि सहज रुपमा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।