टाटाले कुप एसयूभी कर्भको अझै परीक्षण गर्दै, यी सुविधासहित छिट्टै हुनेछ लन्च

बिजमाण्डू
२०८० चैत्र २६ गते १२:५५ | Apr 8, 2024
टाटाले कुप एसयूभी कर्भको अझै परीक्षण गर्दै, यी सुविधासहित छिट्टै हुनेछ लन्च

काठमाडौं । टाटा मोटर्सको नयाँ कुप एसयुभी टाटा कर्भ छिट्टै सार्वजनिक हुने भएको छ। यो वर्षको दोस्रो त्रैमासिकमा भारतीय बजारमा यो गाडी लन्च हुनेछ।

Tata
GBIME
Nepal Life

टाटा कर्भ सन् २०२४ को बहुप्रतिक्षित गाडी मध्ये एक हो। टाटाको यो मिड साइज एसयूभी अहिले भने परीक्षणको क्रममा रहेको छ।

यो टाटाको पहिलो गाडी हुनेछ जुन कुप एसयूभी डिजाइनमा आउनेछ। सन् २०२४ भारत मोबिलिटी ग्लोबल एक्सपोमा कर्भको पूर्व-उत्पादन संस्करणको घोषणा गरे पनि टाटा मोटर्सले अझै पनि यो गाडीको परीक्षण गरिरहेको छ। त्यसैले गाडीको फाइनल प्रोडक्सनमा धेरै परिवर्तन हुने अनुमान गरिएको छ।

टाटा कर्भमा फराकिलो एलईडी लाइट बार, सामान्य त्रिकोणीय हेडल्याम्प हाउजिङ राखिएको छ भने छेउमा फ्लस डोर ह्यान्डलहरू र स्क्वायर अफ ह्वील पनि हुनेछ।

टाटा मोटर्सको कर्भको इन्टेरियरको बारेमा कुरा गर्दा यसमा टाटा लोगोसहितको ४ स्पोक स्टेयरिङ ह्वील, १२.३ इन्च इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्च साइजमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल हुने अपेक्षा गरिएको छ। कर्भमा भेन्टिलेटेड सिटहरु हुनेछन्। गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर र एडाससँग ईएससी (इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल) हुनेछ।

कर्भ १.२ लिटर टीजीडीआई पेट्रोल इन्जिनको साथ लन्च गरिनेछ। यो इन्जिनले १२५ बीएचपी पावर र २२५ एनएम टर्क उत्पादन गर्छ। यो इन्जिनमा ६ स्पीड म्यानुअल गियरबक्स र डीसीटी अटोमेटिक ट्रान्समिसन हुने अपेक्षा गरिएको छ। यसबाहेक १.५ लिटर टर्बो डिजल इन्जिन पनि उपलब्ध हुनेछ। यो इन्जिनले ११५ बीएचपी पावर र २६० एनएम टर्क उत्पादन गर्छ।