नेपाली बजारमा आउँदै चिनियाँ इभी लिपमोटरको ह्याचब्याक टी-०३, सुरुवाती मूल्य २५ लाख रुपैयाँ

बिजमाण्डू
२०८० चैत्र २६ गते १२:४४ | Apr 8, 2024
नेपाली बजारमा आउँदै चिनियाँ इभी लिपमोटरको ह्याचब्याक टी-०३, सुरुवाती मूल्य २५ लाख रुपैयाँ

काठमाडौं । चिनियाँ विद्युतीय गाडी ब्रान्ड लिपमोटर नेपाली बजारमा आउने निश्चित भएको छ। यसको नेपालका लागि आधिकारिक बिक्रेता वाणिज्य विकास प्रालिले सोमबार गाडीको मूल्यसमेत सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार लिपमोटर टी-०३ ह्याचब्याक ५५ किलोवाट मोटर पावर भएको मोडलको मूल्य २४ लाख ९९ हजार र ८० किलोवाट मोटर पावर भएको मोडलको २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा भएको ब्याट्रीले फुल चार्जमा ३१० देखि ४०३ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा ३१.९ किलोवाटर आवर र ४१ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा ४५ किलोवाटको फाष्ट चार्जर र ६.६ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ।

यो फाइभ डोर प्योर इभी ह्याचब्याक हो। यसमा ३ वटा ड्राभिङ र ३ वटा स्टेरिङ मोडहरु उपलब्ध छन्। यसमा इलेक्ट्रोनिक पार्किङ ब्रेकसहित अटो होल्ड, प्यानोरामिक सनरुफ, इलेक्ट्रिक सनसेड, इन्टेलिजेन्ट भोइस कन्ट्रोल सिस्टम, अटोमेटिक पार्किङ रहेका छन्।