नेपालमा टियागो इभीको मूल्य बढ्यो, सबै मोडलमा १ लाख रुपैयाँ वृद्धि

बिजमाण्डू
२०८० चैत्र २५ गते १४:५१ | Apr 7, 2024
नेपालमा टियागो इभीको मूल्य बढ्यो, सबै मोडलमा १ लाख रुपैयाँ वृद्धि

काठमाडौं। नेपालमा टाटा टियागो इभीको मूल्य एक लाख रुपैयाँ बढाइएको छ।

Tata
GBIME
Nepal Life

टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागोको सुरुवाती मूल्य योजना समाप्त भएको भन्दै भाउ १ लाख रुपैयाँ बढाएको हो।

कम्पनीले गत भदौमा नाडा अटो शोका अवसरमा टियागो इभी भित्र्याएको थियो। नेपाली बजारमा यो गाडी १ हजार ५०० भन्दा बढी संख्यामा बिक्री भएको छ।

कम्पनीले सुरुवाती मूल्यको अवधि अप्रिल ५ मा सकिएको भन्दै नेपालमा उपलब्ध टियागो इभीका सबै मोडलको मूल्य एक लाख रुपैयाँ बढेको कम्पनीले जनाएको छ।

टियागो इभीको मूल्य २१ लाख ९९ हजारदेखि मोडल अनुसार २७ लाख ९९ हजार रुपैयाँ रहेकामा अब सबै मोडलमा १ लाख रुपैयाँ थपिएको छ।