एथरले ल्यायो ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता, नेपाली बजारमा जुलाइमा आउने

बिजमाण्डू
२०८० चैत्र २४ गते १६:२१ | Apr 6, 2024
एथरले ल्यायो ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता, नेपाली बजारमा जुलाइमा आउने

काठमाडौं। भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जीले ‘फिचर लोडेड’ नयाँ स्कुटर रिज्ता बजारमा ल्याएको छ। कम्पनीले ब्याङ्गलोरमा एथर कम्युनिटी डे २०२४ आयोजना गर्दै उक्त फिचर लोडेड स्कुटर सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आयोजना गरेको उक्त कम्युनीटी डेमा नेपालबाट पनि सहभागिता रहेको थियो। जसमा विभिन्‍न मिडिया तथा इन्फ्लुएन्सरहरू र केही एथरका ग्राहकहरूको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा सार्वजनिक गरिएको स्कुटरले फुल चार्जमा १६० किलोमिटरको रेन्ज दिन्छ।

यसमा दुई वटा भेरियन्ट रिज्दा एस र रिज्दा जी रहेका छन्। जसमा रिज्दा एसले फुल चार्जमा १२३ किलोमिटर र रिज्दा जी भेरियन्टमा भएको ब्याट्रीले फुल चार्जमा १६० किलोमिटर रेन्ज प्रदान गर्छ।

रिज्ता एसको मूल्य १ लाख १० हजार भारतीय रुपैयाँ र रिज्ता जीको मूल्य १ लाख ४५ हजार भारतीय रुपैयाँ राखिएको छ।यसको डेलिभरी जुलाइदेखि सुरु हुने कम्पनीले जनाएको छ। नेपालमा पनि त्यही समय बजारमा आउने एथरको आधिकारिक बिक्रेता वैद्य्ज इनर्जीले जनाएको छ।

यसमा ५६ लिटर सामान अटाउने बुट स्पेस अर्थात स्कुटरको डीकी रहेको छ। यसमा सपिङ गर्दा सामान हाल्ने त्यसपछि घरमा लिएर जानको लागि समेत ब्यागको व्यवस्था छ। जुन डीकीको साइजमा बनाइएको छ। जसले गर्दा धेरै स्थानमा सपिङ गरेर स्कुटर पार्किङ गरेपछि डीकीमा एट्याच गरिएको ब्यागमा सामन लिएर जान सकिन्छ।

यसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। यसमा ट्रयाक्सन कन्ट्रोलको पनि सुविधा दिइएको छ।

यो स्कुटरमा आइपी ६७ सर्टिफाइट पनि छ। जसले गर्दा ४०० एमएमसम्मको पानी जकेको स्थानमा पनि मज्जाले रिज्ता स्कुटर चलाउन सकिन्छ।

यो स्कुटरले ओला र टीभीएसको आईक्युव स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ। यी स्कुटरमा बुट स्पेस ४३ लिटरसम्मको मात्र छ। तर एथरमा ५६ लिटरको बुट स्पेस छ।

रिज्ता भारतको पहिलो विद्युतीय स्कुटर हो जसमा ट्र्याक्सन कन्ट्रोल सिस्टम छ। यो व्हील-स्पीड इनेबल युनिट हो, जुन यामाहा एरोक्स १५५ मा पनि छ।

यसको एस भेरियन्टमा ४५० एसमा भएको जस्तै डिपभ्यु एलसीडी ड्यास छ भने जी भेरियन्टमा ४५० एक्स लाइनअपमा भए जस्तै टीफटी ड्यास राखिएको छ। यो नयाँ स्कुटर ७ वटा रंग उपलब्ध छन्।

रिज्दामा दुई वटा जिप र स्मार्ट इको ड्राइभिङ मोडहरू रहेका छन्। जिपले पर्फर्मेन्स राम्रो दिन्छ भने स्मार्ट इको मोडले ड्राइभिङ रेन्ज राम्रो दिन्छ। यी मोडहरूसँग रिभर्स, हिल-होल्ड र म्याजिक ट्विस्ट जस्ता सुविधाहरू पनि समावेश छन्।

यस्तै, कम्पनीले ह्यालो स्मार्ट हेलमेट पनि बजारमा ल्याएको छ। यसको मूल्य ४ हजार ९९९ रुपैयाँदेखि १२ हजार ९९९ भारतीय रुपैयाँ तोकिएको छ।

यो हेलमेट हाल्फ फेस र फुल फेसमा उपलब्ध छ। यसमा रहेको स्मार्ट प्रविधिले स्कुटरसँग कनेक्ट गरेर म्युजिक प्लेदेखि अन्य धेरै कुराहरू गर्न सकिन्छ। ह्यालो ब्लुटुथ मार्फत एथर स्कूटरहरूसँग जडान गर्दछ र राइडरले म्युजिक कन्ट्रोल गर्न तथा स्विचगियरमा कलहरू गर्न सक्छन्।

चाखलाग्दो कुरा के छ भने यो हेल्मेटभित्र धेरै सेन्सरहरूको मद्दतले प्रयोगकर्ताले यसलाई लगाएपछि यो अटोमेटिक रूपमा कनेक्ट हुन्छ। चार्जिङ मेकानिजममा वायरलेस मोड्युल समावेश गरिएको छ। ब्याट्री ब्याकअप एक हप्ता लामो समयसम्म टिक्छ। एउटै वायरलेस चार्जर मार्फत नयाँ रिज्ताको बुट भित्र पनि हेल्मेट चार्ज गर्न सकिन्छ।

यी हेल्मेटहरू एथर चिटच्याट नामक नयाँ सुविधा पनि छन्। जसले गर्दा राइडर र पिलियनले हेलमेट भित्रै एकअर्कासँग हेलमेटको इनबिल्ट स्पिकर र माइक्रोफोन मार्फत कुरा गर्न सक्छन्।