टेस्लाको गाडी कारोबारमा २०२२ यताकै बढी गिरावट, बजारमा प्रतिष्पर्धीले लाभ लिँदै

बिजमाण्डू
२०८० चैत्र २१ गते १३:३५ | Apr 3, 2024
टेस्लाको गाडी कारोबारमा २०२२ यताकै बढी गिरावट, बजारमा प्रतिष्पर्धीले लाभ लिँदै

काठमाडौं। विद्युतीय गाडी उत्पादक कमपनी तथा एलन मस्कको कम्पनी टेस्लाको यो वर्षको पहिलो त्रैमासिकमा २०२२ यताकै सबैभन्दा ‘डिजास्टर’ डेलिभरी भएको छ।

Tata
GBIME
Nepal Life

इभी कम्पनीले आफ्नो युरोपेली कारखानामा आगलागी, विश्वव्यापी ढुवानी अवरोध र अन्य चुनौतीहरूको सामना गर्दा इलन मस्कको टेस्लाबाट वितरणहरू वर्षको पहिलो तीन महिनामा तीव्र रूपमा घटेको हो। कम्पनीले ग्राहकहरूलाई यो वर्षको पहिलो त्रैमासिकमा ३ लाख ८७ हजार युनिटभन्दा कम विद्युतीय कारहरू डेलिभरी गरेको छ।

कम्पनीले आफ्नो बिक्री बढाउन पटक पटक मूल्य घटाउँदै आएको छ। तर चीनजस्ता प्रमुख बजारहरूमा टेस्लाको माग कमजोर भएको छ। किनकि चिनियाँ बजारमा बीवाइडी जस्ता प्रतिस्पर्धीहरूले लाभ उठाएका छन्।

यस वर्षको पहिलो तीन महिनामा टेस्लाको समस्या झनै बढ्यो। लाल सागरमा हुथी आक्रमणहरूले आपूर्ति अवरोधहरू निम्त्यायो, जसले अस्थायी रूपमा जर्मनीमा आफ्नो कारखाना बन्द गर्नुपर्‍यो। यो कारखानामा आगजनी समेत भएको थियो। जसले यसको आपूर्ति शृंखलालाई बिगारेको कम्पनीले जनाएको छ।

कम्पनीले पहिलो त्रैमासिकमा उत्पादन वार्षिक रूपमा १.६ प्रतिशतले घटेको बताएको छ, जुन २०२३ मा ४ लाख ३९ हजार ७०१ कारबाट यस वर्षको सोही अवधिमा ४ लाख ३३ हजार ३७१ युनिटमा पुगेको छ। तर डेलिभरीहरू धेरै महत्त्वपूर्ण रूपमा प्रभावित भए जसका कारण वार्षिक रूपमा ८ प्रतिशतभन्दा बढी डेलिभरी घट्यो।

सन् २०२० पछिको कुनै पनि त्रैमासिकमा यो पहिलो वार्षिक गिरावट हो। सन् २०२३ को अन्तिम त्रैमासिकको तुलनामा डेलिभरी २० प्रतिशत कम थियो। यो गिरावट उद्योग भरका कार कम्पनीहरूले आफ्नो इलेक्ट्रिक कारको बिक्रीमा राखेको लक्ष्य घटाउन थालेका छन्।

उनीहरुले अपेक्षा भन्दा कमजोर मागको चेतावनी दिएका छन्। यद्यपि, अधिकांश पूर्वानुमानकर्ताहरूले अझै पनि यो वर्ष विद्युतीय सवारीको बिक्रीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेका छन्।

टेस्लाले आफ्नै कम्पनी-विशेष समस्याहरूको सामना गरिरहेको छ। यसको चालकविहीन (अटोपाइलट)कार सफ्टवेयर, जुन यसले विकासको नयाँ लहर ल्याउने दाबी गरिएको छ। यो लागु गर्न अमेरिकाले छानबिनको दायरामा राखेको छ। यस्तै सुरक्षा अधिकारीहरूले उक्त कारको पावर स्टेयरिङ र अन्य क्षेत्रहरूमा अनुसन्धान गरिरहेका छन्।

कम्पनीका केही लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। यसको उत्पादनहरूको लाइन-अप कसरी बजारमा ल्याउने भन्ने कुरामा अलमलमा छन्। तर मस्कको ध्यान अन्यत्र केन्द्रित भएको छ। जसमा उनको सोसल मिडिया कम्पनी एक्समा धेरै फोकस छन्।