सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १५.९७% बढ्यो, प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ

बिजमाण्डू
२०८० माघ २९ गते १२:०० | Feb 12, 2024
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १५.९७% बढ्यो, प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा १५.९७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

पोहोर ६ महिनामा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन ४.३२ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ छ।