अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्दै, फागुन १७ बाट बिक्री खुला

बिजमाण्डू
२०८० माघ २९ गते ०९:५१ | Feb 12, 2024
अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्दै, फागुन १७ बाट बिक्री खुला

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन १७ गतेबाट १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ। सेयर मूल्य प्रति कित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।

हकप्रद सेयर खरिदका लागि आवेदन खुला भएका मितिदेखि चैत ६ गतेसम्म आवेदन दिन सकिन्छ। सेयरमा माघ १४ गते सम्म कारोबार भइ कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।

हकप्रद निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।