सोनापुर मिनरल्सको संचालक समिति सदस्यमा सर्वसाधारण सेयरधनीबाट चुनिए खड्का र ओझा

बिजमाण्डू
२०८० माघ २८ गते ११:२६ | Feb 11, 2024
सोनापुर मिनरल्सको संचालक समिति सदस्यमा सर्वसाधारण सेयरधनीबाट चुनिए खड्का र ओझा
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको साधारण सभा

काठमाडौं। सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सञ्चालक समिति सदस्यमा सर्वसाधारण सेयरधनी समूहबाट अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट खड्का र ओझा संचालक समिति सदस्य चयन भएका हुन्।

साधारण सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात लगायत वित्तीय विवरण पारित गरेको छ भने चालु आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकका लागि लेखा परीक्षक नियुक्त गरेको छ।