७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै, नाम विकास, खर्च कर्मचारीको तलब-भत्तामा

बिजमाण्डू
२०८० माघ २४ गते ०९:०६ | Feb 7, 2024
७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै, नाम विकास, खर्च कर्मचारीको तलब-भत्तामा

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। ८ वर्ष अवधि रहने विकास ऋणपत्र-२०८८ ‘ज’  को बिहीबार बोलकबोल हुने बैंकले जनाएको छ। सरकारले जारी गर्ने ऋणपत्र राष्ट्र बैंकमार्फत उठाइन्छ।

Tata
GBIME
Nepal Life

यसका लागि बैंकले अनलाइन फाराम बुझाउन सकिने जनाएको छ। विकास ऋणपत्र बिहीबार अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने शुक्रबार निष्कासन हुनेछ। 

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्।

सरकारले चालु वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदैछ। त्यसै अनुसार विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाएको हो। यो पैसा पुर्वाधार क्षेत्रमा लगानी गरिने भनिएपनि सरकारले कर्मचारीलाई तलब खुवाउन प्रयोग गरिरहेको छ।