नेशनल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १७ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १०.१८ रूपैयाँ

बिजमाण्डू
२०८० माघ २३ गते ०९:२९ | Feb 6, 2024
नेशनल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १७ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १०.१८ रूपैयाँ

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले खुद नाफा बढाएकाे छ। चालु आर्थिक वर्षकाे ६ महिनामा कम्पनीकाे खुद नाफा १६.९१ प्रतिशतले वृद्धि भएकाे छ।

Tata
GBIME
Nepal Life

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षकाे दाेस्राे त्रैमाससम्म २५ कराेड ५१ लाख रूपैयाँ नाफा आर्जन गरेकाे छ।

पाेहाेर ६ महिनामा कम्पनीले २१ कराेड ८२ लाख रूपैयाँ खुद नाफा कमाएकाे थियाे।

कम्पनीको खुद प्रिमियम संकलन ११.२३ प्रतिशतले वृद्धि भएकाे छ। याे अवधिसम्म नेशनलले ८ अर्ब ३७ कराेड रूपैयाँ खुद प्रिमियम आर्जन गरेकाे छ।

कम्पनीकाे वार्षिक प्रतिसेयर आम्दानी १०.१८ रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.२१ रूपैयाँ छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ छ।