सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ८७ लाख बराबरको नगद लाभांश दिने

बिजमाण्डू
२०८० माघ २२ गते १०:३१ | Feb 5, 2024
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ८७ लाख बराबरको नगद लाभांश दिने

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेनेस लिमिटेडले लाभांश दिने निर्णय गरेको छ। आइतबार बसेको कम्पनीको बोर्ड बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले गत वर्षका लागु कूल चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको हो।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एकीकृत कारोबारमा आएपछि पहिलो पटक कम्पनीले लाभांश प्रस्ताव गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ८० करोड रहेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृती भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्ताहरुलाइ वितरण गरिनेछ।