दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयर निष्कासनका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०८० माघ २१ गते ११:३५ | Feb 4, 2024
दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयर निष्कासनका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

यस सम्बन्धमा दोर्दी खोला जलविद्युत कम्पनी र सानिमा क्यापिटलबीच सम्झौता भएको छ।

कम्पनी १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारीमा छ। सो प्रस्ताव पुस २९ गते बसेको वार्षिक साधारण सभाले पारित गरिसकेको छ। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ५ करोड रुपैयाँ छ।