यती एयरलाइन्सले बढायो जहाज संख्या, बंगलादेशको नोभा एयरसँग किन्यो दुईवटा एटीआर-७२

बिजमाण्डू
२०८० माघ ५ गते १६:१५ | Jan 19, 2024
यती एयरलाइन्सले बढायो जहाज संख्या, बंगलादेशको नोभा एयरसँग किन्यो दुईवटा एटीआर-७२
एटीआर-७२ जहाज

काठमाडौं। यती एयरलाइन्सले २ वटा जहाज किनेको छ। एयरलाइन्सले नयाँ लगानीकर्ता थपिएसँगै बंगलादेशको नोभा एयरसँग दुईवटा एटीआर-७२ जहाज खरिद गरेको हो।

Tata
GBIME
Nepal Life

दुवै जहाज १० दिनभित्र काठमाडौं ल्याउने तयारी रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

‘जहाज खरिद भइसकेको छ। अहिले बंगलादेशमा डि-रजिष्ट्रेसनको प्रक्रिया अगाडि बढाइएको छ। त्यसपछि यता रजिष्ट्रेशन हुने हो,’ प्रवक्ता बर्तौलाले भने, ‘जहाज यही जनावरीभित्र ल्याइपुर्‍याउने तयारी छ।’

कम्पनीसँग अहिले ५ वटा जहाज छन्। कम्पनीले एटीआर-७२ सिरिजका जहाजमार्फत भैरहवा, पोखरा, जनकपुर, विराटनगर भद्रपुर लगाय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

आफ्नो व्यावसायिक योजना अनुसार उडान बिस्तारका लागि सन् २०२४ भित्र जहाज संख्या १० पुर्‍याउने योजना रहेको बर्तौलाले जानकारी दिए। एयरलाइन्समा तीन महिनाअघि ४९ प्रतिशत सेयर स्वामित्वसहित एसियन लाइफ इन्स्योरेन्स भित्रिएको थियो।