हुन्डाईको नयाँ क्रेटासहित महिन्द्रा एक्सयुभी ४०० इभीको फेसलिफ्ट मोडल यही महिना बजारमा आउँदै

बिजमाण्डू
२०८० पुष १७ गते ११:३५ | Jan 2, 2024
हुन्डाईको नयाँ क्रेटासहित महिन्द्रा एक्सयुभी ४०० इभीको फेसलिफ्ट मोडल यही महिना बजारमा आउँदै

काठमाडौं। यो महिना हुन्डाई क्रेटासहित महिन्द्रा एक्सयुभी ४०० इभी गरी ४ वटा गाडीको फेसलिफ्ट मोडल बजारमा आउने भएका छन्। भारतीय र कोरियन गाडी उत्पादकहरुले यो जनवरीमा ४ वटा मोडलका गाडीहरुको फेसलिफ्ट भर्सन ल्याउने भएका हुन्।

Tata
GBIME
Nepal Life

कम्पनीहरुले यसअघि नै यी मोडलहरु बजारमा बिक्री गर्दै आएका छन्। पुरानो मोडलमा केही डिजाइनसहित अन्य फिचरहरुमा अपग्रेड गरेर नयाँ संस्करणमा ल्याउन लागेका हुन्। फेसलिफ्ट मोडल भनेको पुरानो मोडलमा नभएको फिचर थप्ने र अझै अपडेटेड बनाएर ल्याउने हो।

यसमा हुन्डाई क्रेटा, महिन्द्रा एक्सयुभी ४०० इभी, एक्सयुभी ३००, किया सोनेट छन्। यी ४ वटै मोडलहरु यो महिना फेसलिफ्टमा बजारमा आउन लागेका हुन्।

जसमा हुन्डाईको क्रेटा फेसलिफ्ट यो महिनाको १६ तारिखमा सार्वजनिक हुने तयारीमा छ। यो गाडीमा अहिले बाहिरी र भित्री भाग दुवै पुरानो मोडलभन्दा फरक बनाइएको छ। यसमा ग्रील पनि री-डिजाइन गरिएको छ। यसमा भर्टिकल प्रोजेक्टर हेडल्याम्प र होराइजेन्टल एलइडी डेटाइम रनिङ ल्याम्प छ।

यसमा अब सफ्टवेयरमा अडास फिचर थपिएको छ। ३६० डिग्री क्यामरा भ्यु र १०.२५ इन्चको अपडेटेड इन्फोटेन्मेन्ट थपिएका छन्। यसमा डिस्कन्टिन्यु भएको १.४ लिटर टर्बो इन्जिनको स्थानमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन राखिएको छ। यसले १६० हर्सपावर प्रदान गर्छ। साथै यसमा अन्य इन्जिन विकल्पहरुमा १.५ लिटर पेट्रोल र डिजल इन्जिन छन् भने यसमा अटोमेटिक र म्यान्युअल दुवै गियरबक्सको साथ उपलब्ध हुने छ।

किया सोनेट फेसलिफ्ट पनि यो महिनाको मध्यतिर बजारमा आउने तयारीमा छ। कम्पनीले यसलाई ३ वटा इन्जिन विकल्पमा ल्याउन लागेको छ। जसमा म्यानुअल, आइएमटी र अटोमेटिक ट्रान्समिसन अर्थात गियरबक्समा आउने छ। डिजल म्यानुअल भर्सनले पनि आउँदै छ।

कम्पनीले यसलाई टाटाको नेक्सन, हुन्डाईको भेन्यु, मारुती सुजुकीको ब्रेजा, निसानको म्यागनाइट जस्ता कम्प्याक्ट एसयुभीसँग प्रतिस्पर्धामा उतार्ने तयारी गरेको छ। यसमा पनि एडभान्स्ड फिचर एडास उपलब्ध छ। १०.२५ इन्चको डिजिटल क्लस्टर र केही इन्टेरियर र केही एक्सटेरियरमा परिवर्तन गरिएका छन्। यसको पुरानो भर्सन भने नेपाली बजारमा उपलब्ध हुँदै आएका छन्।

यसैगरी महिन्द्राको एक्सयुभी ३०० फेसलिफ्ट मोडल यो महिनाको अन्तिमतिर बजारमा आउने तयारीमा छ। कम्पनीले यसलाई फ्रन्ट र रियर लुक्समा पहिलेको भन्दा केही फरक डिजाइन बनाएको छ। जसमा ड्रप-डाउन एलइडी डेटाइम रनिङ ल्याम्प र एलइडी लाइट बार राखिएको छ। यो डिजाइन कम्पनीले आगामी दिनमा ल्याउन लागेको इभी ब्रान्ड नेम बीइमा आधारित छन्।

कम्पनीले यसमा भएको इनेटेरियरलाई मोडर्न बनाउने कोसिस गरेको छ। यसमा १०.२५ इन्चको ठूलो टचस्क्रिन राखिएको छ। यस्तै प्यानोरोमिक सनरुफ पनि उपलब्ध हुनेछ। तर, यसको इन्जिन अर्थात पावर ट्रेनमा भने कुनै परिवर्तन नहुने जनाइएको छ। ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सका साथ १.२ लिटर टर्बो पेट्रोल, १.५ लिटर डिजल इन्जिन छन्।

यस्तै महिन्द्राको इलेक्ट्रिक गाडी एक्सयुभी ४०० इभी पनि फेसलिफ्टमा यो महिनाको अन्यतिर बजारमा आउने भएको छ। कम्पनीले यसको पहिलो मोडलमा कमी भएका फिचरहरुमा बीच बीचमा केही अपडेटहरु पनि गरिरहेको थियो। त्यहीअनुसार कम्पनीले यो मोडल अन्य कुनै पनि देशहरुमा निर्यात गरेको थिएन। त्यसैले यो गाडी नेपाल आउन पनि समय लागिरहेको छ।

अब आउने यो फेसलिफ्टमा क्याबिनमा धेरै फिचरहरु उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा पनि १०.२५ इन्चको ठूलो इन्फोटेन्मेन्ट स्क्रिन उपलब्ध हुनेछ। जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो फङ्सन गर्छ। यस्तै १०.२५ इन्चको डिजिटल क्लस्टर र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको पहिलेको मोडलमा यी कुराहरु थिएनन्। साथै ड्यासबोर्ड पनि री-डिजाइन गरिएको छ।