नयाँ वर्ष लक्षित ‘हुन्डाई न्यु इयर डिलाइट’ योजना, ग्राहकले १० लाखसम्म फाइदा लिन सक्ने

बिजमाण्डू
२०८० पुष १६ गते १८:४४ | Jan 1, 2024
नयाँ वर्ष लक्षित ‘हुन्डाई न्यु इयर डिलाइट’ योजना, ग्राहकले १० लाखसम्म फाइदा लिन सक्ने

काठमाडौं। हुन्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई लक्षित गरी ‘हुन्डाई न्यु इयर डिलाइट’ योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्म छुट, विद्युतीय गाडी खरिद गर्दा प्रोत्साहनस्वरुप ५० हजारसम्म गो-ग्रीन बोनस र गाडीको मोडल इएरका आधारमा ५ लाखसम्म छुट प्राप्त गर्न सक्ने छन्।

साथै ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। यो योजना देशभरका आफ्ना सबै शोरुममा सोमबारदेखि लागू भएको कम्पनीले जनाएको छ।

हुन्डाई सबै इन्धन गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ। यो योजनाबाट ग्राहकले हुन्डाईका कुनैपनि ह्ययाचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा इभी गाडी खरिद गरी फाइदा लिन सक्नेछन्।