एमएडब्लु ग्रुपले फेर्‍यो यामाहाको सीईओ, राजु क्षेत्रीको ठाउँमा सञ्जिव कुमार शुक्ला

बिजमाण्डू
२०८० पुष १५ गते १७:५५ | Dec 31, 2023
एमएडब्लु ग्रुपले फेर्‍यो यामाहाको सीईओ, राजु क्षेत्रीको ठाउँमा सञ्जिव कुमार शुक्ला

काठमाडौं। एमएडब्लु ग्रुपअन्तर्गत यामाहाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जिव कुमार शुक्ला नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

एमएडब्लु ग्रुपले राजु क्षेत्रीलाई हटाएर शुक्लालाई सीईओको जिम्मेमवारी दिएको हो। क्षेत्री साढे दुई वर्ष काम गरी एमएडब्लु ग्रुपबाट बाहिरिएका छन्। क्षेत्रीको दुई वर्षे कार्यकाल यसअघि नै सकिएकाले शुक्लालाई सीईओ नियुक्त गरेको कम्पनीले जनाएको छ।

एमएडब्लु ग्रुपले नै सिईओको रुपमा नियुक्त गरेको थियो। आधिकारिक रुपमा भने अहिले सार्वजनिक गरिएको छ। त्यही अनुसार राजु क्षेत्री पनि कम्पनी बाट बाहिरि निस्किएका छन्।

उनले हिरो होन्डा मोटरबाट हिरो मोटोकर्पमा परिवर्तन हुँदा मार्केटिङ हेडका रुपमा काम गरेका थिए। उनीसँग फोर्ड मोटर इन्डियामा पनि मार्केटिङ  हेड भएर काम गरेको अनुभव छ। त्यसअघि उनले हुन्डाई मोटर इण्डियामा काम गरेका थिए।